"ए परदेशी र परदेशी बनेर बसेका नेपालीहरु
कती हामीहरु मात्रै बिछोड भएर बस्ने
अब त तिमीहरु पनि फर्केर आउ
हंङ्कंङ र मकाउ को चिनीयाहरु झै
आफ्नै मातृभुमी देस नेपाल मै फर्केर आउ
मातृभुमी देस नेपाल आमालाई छिमेकीहरुले पनि हेप्न थाली सक्यो
हामी स्वदेसी नेपालीहरुको एकतामा फुटाउ पनि ल्याइसक्यो
मातृभुमी देस नेपाल आमालाई तिमीहरुकै सहयोग चाहिने खाँचो भैसक्यो
हामी नेपालीहरुको मातृभुमी देस नेपाल बिशाल छ
हामी सम्पूर्ण नेपालीहरु एकै ठाँउमा अट्ने छ अटाउने छ
संगै मिलेर बसौला
सुख दुख बाँडौला
रिती रिवाज साटौला
नेपाली एकतामा गाँसौला
सिन्धु नदीको घाँटिमा पुगेर फेरी नेपाली कुलो फर्काउला
हाम्रो बिर पुर्खा अमरसिंह थापाले बिराएको
सतलज नदीको बगर बेशीहरु अझै पनि बाँझै छ
गोरखपुर र गडवालको काँठ र लेकाली बारीहरु
अझै पनि पटाङ्गी बाँझोहरु बनी बसेको छ
कुमाँउ र आसममा पनी फेरी नेपाली सिचाई पुर्याउँला
नेपाली पाखुराहरु घोटौला उर्बर हरु बनौलाँ
बैरी र बिरोधी पहराहरुलाई फोरेर सम्याउँला
नेपाली अस्तीव र गौरबहरु नै खेती गरौंला
बुढो भक्ती थापा,बलभद्र कुवँर र सुवास घिसीङ जस्तो देस भक्ती हरु नै फलौंला
हामी भोका हुने छैनन हामी गरीब पनि हुने छैनन्
हामी सम्पूर्ण बिश्वको नेपालीहरु एकै ठाउँमा बसौंला
सुख दुख बाँडौला
रिती रिवाज साटौंला
नेपाली एकतामा गाँसौला
ए परदेशी र परदेशी बनेर बसेका नेपालीहरु
कती हामीहरु मात्रै बिछोड भएर बस्ने
अब त तिमीहरु पनि फर्केर आउ
हंङ्कंङ र मकाउको चिनीयाँहरु झै
आफ्नै मातृभुमी देस नेपाल मै फर्केर आउ||
लेख रचना
गोपाल बहादुर गोले(तामाङ्)
खोज तथा प्रस्तुत
बिरेन्द्र तामाङ्(लोप्चन्)
Tags:
© 2012 Kanchenjunga Social Network. All rights reserved.

