लसुन खाँदै हुनुहुन्छ ?

हामी नेपालीहरुको एक मसलाको रुपमा रहेको लसुन अहिले विज्ञानले पनि गुर्णवर्द्धक खाद्य पदार्थको रुपमा पहिचान गरेको छ । सामान्यतया नेपाल र भारतका मानिसहरुलाई लसुन मन पर्ने बस्तु नै हो तापनि यसको गन्ध मन नपराउने मानिसहरुको संख्या पनि निकै नै रहेको छ । नेपाल र भारतमा केही लसुन नखाने समुदाय पनि रहेको छ, तर अहिले लसुन खानेको संख्या दिनानुदिन बढिरहेको छ ।

लसुनले हुने फाइदा र यसको चिकित्सकीय गुणको बारेमा सयौं वर्ष अगाडिका पुर्वजहरुले पनि पत्ता लगाएका हुन् । तर अहिले यसमा थप कुराहरु पत्ता लागेको छ । हेरौँ, के फाइदा छ त लसुनमा :

- क्यान्सरको उपचारमा पनि लसुनको महत्वपूर्ण भूमिका रहन सक्छ । एक अनुसन्धानले बताएको छ कि नियमित लसुन सेवन गर्नेहरुलाई क्यान्सरको सम्भावना कम रहन्छ ।

- उच्च रक्तचापमा पनि लसुनको उपयोग राम्रो मानिन्छ । लसुनमा पाइने सल्फाइड्सले रक्तचाप कम गर्न मद्दत पुर्‍याउँछ । लसुन पकाउँदा पनि सल्फाइड्स नास हुँदैन । कोलेस्ट्रोलको मात्रा घटाउन पनि लसुनले सहयोग पुर्‍याउँछ ।

- भाइरस र ब्याक्टेरियाबाट बच्नको लागि पनि ताजा लसुन खानु राम्रो हुन्छ । यसमा रहेको एण्टी ब्याक्टेरियल ग्रुपले संक्रमणसँग लड्न मद्दत पुर्‍याउँछ ।

- चिसो मौसममा हुने रुघा, खोकी र कफ बन्नबाट जोगाउन पनि लसुनले मद्दत पुर्‍याउँछ ।

- आँखाको रोशनीको लागि पनि लसुन फाइदाजनक मानिन्छ ।

- हरेक दिन लसुनको एक केस्रा खाने गर्नाले शरीरमा भिटामिन 'ए', 'बी', र 'सी' को साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता कैयौं पौष्टिक तत्वहरु एक साथ मिल्दछ ।

- लसुनको उपयोग एण्टिसेप्टिकको रुपमा पनि गरिन्छ ।

हामीले प्रयोग गर्ने गरेको लसुन अत्यन्त गुणकारी छ, त्यसैले हामीले परापूर्वकालदेखि यसलाई जसरी प्रयोग गर्दै आएका छौँ, यसलाई कायमै राख्नु उचित छ, तर लसुन एकैचोटी धेरै खाँदा कहिलेकाँहि शरीरमा बढि गरम महसुस हुने तथा पेट पोल्ने जस्तो पनि हुन सक्दछ । त्यसैले यसको ठीक मात्रामा उपयोग गरेर शरीरलाई स्वस्थ राख्न सकिन्छ । साथै लसुन सकेसम्म ताजा नै उपयोग गर्नु राम्रो हुन्छ । अहिले बजारमा लसुनको पेस्ट पनि किन्न पाइन्छ । यो भन्दा ताजा लसुन नै प्रयोग गरेमा धेरै राम्रो हुन्छ ।

अहिले विशेष गरी यूरोप, अमेरिकातर्फ रहेका नेपाली नयाँ पुस्तामा नेपाली शैलीको खानाभन्दा अन्य फास्टफूडलाई मन पराउने प्रबृत्ति बढिरहेको छ । यसले मोटोपना बढाउने काममा बल पुर्‍याएको छ । लसुन मन नपराउने एक खालको उत्ताउलो फेसन पनि देखिन थालेको छ, तर हामीले हज्जारौँ वर्षदेखि उपयोग गर्दै आएको लसुन, अदुवा, बेसार हाम्रो खानामा हुनु सबै किसिमले जरुरी छ ।

नेपाली सन्देश 

Tags: ?, खाँदै, लसुन, हुनुहुन्छ

Views: 262

Reply to This

Replies to This Discussion

Lasan ko ta char motho hunchani hau hehhee

good info !!!! THNX!!!

 

AAJA DEKHI KHANCHU.

huncha da........



deo pradhan said:

AAJA DEKHI KHANCHU.

good info thnx

 

thanx for good information.......

RSS

Newest Members

Photo Gallery

© 2014   Kanchenjunga Social Network. All rights reserved.

Badges  |  Report an Issue  |  Terms of Service

Related Posts Plugin for WordPress, Blogger...